free website hit counter

दीपक भट्टको लगानीमा नयाँ स्टक एक्सचेन्ज कम्पनी खुल्दै

beemaadmin
२०८० बैशाख १०, आईतवार

काठमाडौं। नयाँ स्टक एक्सचेञ्जका लागि हिमालयन स्टक एक्सचेञ्ज कम्पनीको नेपाल धितोपत्र बोर्डमा आवेदन परेको छ। बोर्डले आवेदन दिने म्याद सकिनै लाग्दा हिमालयनले आवेदन दिएको हो । हिमालयनमा इन्फिनिटिभ होल्डिङ्का दीपक भट्ट, शंकर ग्रुपका शंकर अग्रवाल प्रमुख शेयरधनी छन् भने यसमा गोल्छा अर्गनाइजेशन शेखर गोल्छा, खेतान ग्रुपका राजेन्द्र खेतान, दुगड ग्रुपका मोतीलाल दुगड, ज्योति समूहका शौरभ ज्योति, लक्की ग्रुपका सतिशकुमार मोर, मेरियट होटलका सञ्चालक शशिकान्त अग्रवाल, मुरारका समूह पशुपति मुरारका, नेपाल उद्योग बाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा लगायतको लगानी रहेको छ । नयाँ स्टक एक्सचेन्जका लागि आईएमई समूह र उपेन्द्र महतो समूहले पनि इच्छा देखाउँदै आए पनि शुक्रबार आवेदन पेश गरेन । आवेदन दिने अन्तिम म्याद आइतबार सकिँदै छ । सर्वोच्च अदालतले यससम्वन्धी आवेदन खुल्ला गर्ने निर्णयको विपक्षमा आदेश दिन अस्वीकार गरेसँगै बोर्डलाई आवेदन लिन बाटो खुलेको हो । बोर्डले गत बिहीबार सूचना जारी गर्दै नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार कम्पनी स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको थियो ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार