काठमाडौं । विश्व प्रसिद्ध फुटबलर लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन क्लब त्याग्ने भएका छन् । यसै सिजनपछि उनले फ्रेंच क्लब पीएसजी छोड्ने भएका हुन् । सुपरस्टार फुटबलर मेस्सीले पेरिस सेन्ट जर्मेनका लागि आफ्नो अन्तिम खेल शनिबार क्लेरमोन्ट फुट विरूद्ध खेल्ने निश्चित भएको छ । मेस्सीले जून महिनामा सम्झौताको अन्त्य भएपछि क्लब छोड्ने निर्णय गरेका छन् । बिहीबार प्रशिक्षक क्रिस्टोफे गाल्टियरले एक पत्रकार सम्मेलन गर्दै मेस्सीका पार्क डेस फ्यानहरूलाई न्यानो विदाई दिन आग्रह गरेका थिए। मेस्सीले यस सिजनमा पीएसजीका लागि सबै प्रतियोगितामा २१ गोल र २० असिस्ट गरेका थिए । उनले २०२१ मा दुई वर्षको सम्झौता गर्दै बार्सिलोनाबाट फ्रान्सको राजधानी गएका थिए । ३५ वर्षिय मेस्सीले अर्जेन्टिनालाई कतारमा विश्वकपको उपाधि दिलाएका थिए भने कीर्तिमानी सात बालोन डी’ओर अवार्ड जितेका थिए । उनले २०२१–२२ र २०२२–२३ सिजनमा पीएसजीसँगै लिग १ को उपाधि जितेका थिए। यसैगरी, मेस्सीले जुलाई २०२२ मा फ्रेन्च सुपर कप समेत जित हासिल गरेका थिए । गाल्टियरले बिहीबार पत्रकारहरूसँगको कुराकानीका क्रममा भने, मैले फुटबलको इतिहासमा उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिने सुअवसर पाएको छु। यो पार्क डेस प्रिन्सेसमा उनको अन्तिम खेल हुनेछ र मलाई आशा छ कि उनले न्यानो स्वागत गर्नेछन्। गत महिना फ्रान्सको एक संचारमाध्यमले मेस्सीलाई साउदी अरबको अनाधिकृत यात्रा पछि दुई साताकोलागि निलम्बन गरिएको लेखेको थियो । लोरिएन्टसँगको घरेलु मैदानमा ३(१ ले पराजित भएपछि उनलाई लिगमा आफ्नो टोलीसँग प्रशिक्षण गर्ने मानिएको थियो । तर त्यसो नभएपछि उनि निलम्बनमा परेको बताइएको थियो । त्यसपछि मेस्सीले क्लबसँग माफी मागेको पनि संचारमाध्यमले लेखेका थिए ।