free website hit counter

नयाँ ब्रोकर अनुमति माग्दै नेप्सेमा

beemaadmin
२०८० जेष्ठ १९, शुक्रबार

काठमाण्डौ । ब्रोकर लाइसेन्स पाएका नयाँ ७ कम्पनीले कारोबार सञ्चालनको अनुमति माग्दै नेपाल स्टक एक्सचेन्जमा निवेदन दिएका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर सञ्चालनका लागि आशयपत्र पाएका ४३ वटा कम्पनीमध्ये पहिलो चरणमा गत जेठ ८ गते भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेडलाई ब्रोकर लाइसेन्स प्रदान गरेको थियो। तिनै ब्रोकर लाइसेन्स पाएका कम्पनीहरुले कारोबार सञ्चालन गर्न नेप्सेमा सदस्यताका लागि निवेदन दिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए। नेप्सेले अब ती कम्पनीको प्राविधिक पक्ष हरेर नयाँ सदस्यता प्रदान गर्ने प्रवक्ता पराजुलीले बताए। सेबोनले ती कम्पनीलाई भौतिक पूर्वाधार हेरेर नयाँ ब्रोकर लाइसेन्स प्रदान गरेको थियो, उनले भने, अब नेप्सेले प्राविधिक पक्ष हेरेर नयाँ सदस्यता प्रदान गर्नेछ। ती कम्पनीहरुले नेप्सेबाट नयाँ सदस्यता पाएपछि नेप्सेकै टीएमएसमार्फत सेवा सुरु गर्ने बताइएको छ। ती कम्पनीहरुले सेबोनबाट चुक्तापुँजीका आधारमा सीमित कार्य गर्ने नयाँ ब्रोकर कम्पनीको लाइसेन्स पाएका छन्। सेबोनले आशयपत्र प्रदान गरेका ४३ कम्पनीहरुमध्ये एउटा स्टक डिलर, ३ वटाले पूर्ण कार्य गर्ने र ३९ सीमित कार्य गर्ने ब्रोकर कम्पनीको लाइसेन्सका लागि आवेदन दिएका छन्।

सम्बन्धित समाचार

निर्वाचनको समिक्षा गर्दैछ एमाले

beemaadmin
२०८२ फाल्गुन ३०, शनिबार

प्रविधिमैत्री बन्दै हिमालयन लाइफ

beemaadmin
२०८२ फाल्गुन ३०, शनिबार