free website hit counter

असारमा घट्नेछ बैंकको ब्याजदर

beemaadmin
२०८० जेष्ठ २९, सोमबार

काठमाडौं । असारमा बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्न सक्ने बैंकरहरुले बताएका छन् । उच्च रहेको ब्याजदर निरन्तर ओरालो लाग्दै आएकोमा असारमा पनि घट्न सक्ने संकेत बैंकरहरुले गरेका छन् । तरलता सहज हुँदै गएकाले १ प्रतिशतसम्म ब्याजदर घट्न सक्ने अनुमान गरिएको छ । पहिला भन्दा अहिले सहज स्थिति भएकाले १ प्रतिशतसम्म ब्याजदर घट्न सक्छ, यदि १ प्रतिशत नै नघटाए पनि ०.५ प्रतिशत प्रतिशत घट्नु पर्ने अनुमान गरिएको छ । आगामी असार महिनाका लागि ब्याजदर निर्धारण गर्न नेपाल बैंकर्स संघले मंगलबार बैठक बोलाएको छ । निक्षेपको ब्याजदर स्थीर राख्ने वा घटाउने भन्ने विषयमा सोही बैठकले निर्धारण गर्नेछ । स्थानीय तहको निक्षेपलाई असारसम्म मात्रै गणना गर्न पाउने भनिएकाले स्थीर पनि रहन सक्छ । जेठमा वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर स्थिर राखेका थिए । हाल बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९९ र संस्थागत मुद्दतीमा अधिकतम ७.९९ प्रतिशत ब्याजदर प्रदान गर्दै आएका छन् ।

सम्बन्धित समाचार