free website hit counter

रविले भने, सदन तीनजना नेताको होइन

beemaadmin
२०८० असार २५, सोमबार

काठमाडौं । ठूला दलले जे चाह्यो त्यही हुन्छ । तर मुलुक र जनताको भलो तिनीहरुले चाहेका थिए भने राजनीतिप्रति आम नागरिकको आक्रोश चुलिने थिएन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन राजनीतिक दलहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताएका छन् । आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संसदलाई काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्र का सांसदहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताएका हुन् । उनले तीन राजनीतिक दलहरुका बीचमा सल्लाह मिल्दा संसद चल्ने र सल्लाह नमिल्दा संसद नचल्ने भएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले दलहरुले पटक पटक यस्तो गरेको भन्दै अब आफूहरुले नसहने बताए । उनले आपसमा सल्लाह नगरी जुनकुनै मुद्दा संसदमा लिएर आउन आग्रह गरे । सभापति लामिछानेले यसअघिको बैठकमा एमालेका सांसदहरुले बोलेपछि सभामुखले आफूहरुलाई बोल्न नदिएर सबै प्रतिपक्षको आवाज नै त्यही हो भन्ने भाष्य निर्माण गरिएको बताए । उनले रास्वपाको आफ्नै अडान र मुद्दाहरु रहेको उल्लेख गर्दै त्यसमा आफूहरु अडिग रहेको बताए ।

यस्तो छ उनको भनाइः
सदन तीन नेताको होइन । सदन प्रतिपक्षको हो अझ बढी । सार्वभौम जनताले चुनेर पठाएका जनप्रतिनिधिले जनताका कयौँ सवालमा कुराकानी गर्नुपर्नेछ । उहाँहरुको सल्लाह मिल्यो भने संसद चल्ने भयो । नमिल्दाखेरी संसद नचल्ने भयो । संसदमा स्वतन्त्र रुपमा जितेर आउनुभएको मानीय ज्यूको पनि उत्तिकै भुमिका रहन्छ । संसदलाई संसदजस्तो बनाउनुपर्छ । सरकार अथवा ठूला दलहरु बीचको भागबन्डाको विषय नै होइन संसद । प्रमुख तीन दलले संसदलाई आफ्नो सिन्डिकेट बनाउन खोजेको देखियो । पहिलो पटक भएको छैन यस अगाडी पनि भएको थियो । त्यतिखेर पनि हामी चुपचाप बस्यौँ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार