free website hit counter

प्रभु महालक्ष्मी लाइफले गरायो अभिकर्ता मिलन समारोह

beemaadmin
२०८० श्रावण ४, बिहीबार

काठमाडौँ । मर्जरपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २ गते देशका विभिन्न ठाउँमा अभिकर्ता मिलन समारोह सम्पन्न गरेको छ । एकीकृत कारोबार पछि साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई एकीकृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । साउन २ गते झापाको बिर्तामोड, पर्साको वीरगन्ज, दाङको घोराही र कैलालीको धनगढीमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा दुवै कम्पनीका व्यवसाय दिएका सक्रिय अभिकर्ताहरुलाई सहभागी गराइएको थियो । चारै ठाउँमा भएको कार्यक्रममा सय–सय जना भन्दा बढी अभिकर्ताको उपस्थिति रहेको जनाइएको छ ।
कार्यक्रममा मर्जर पछिको बीमा कारोबारको अवस्था, प्रचलनमा ल्याउने पोलिसीहरु, एजेन्सी सिस्टम र एजेन्सी स्किम बारेमा अभिकर्ताहरुलाई प्रशिक्षण दिइएको थियो । विर्तामोडमा सोन वहादुर मगर र प्रभाकर न्यौपाने, वीरगंजमा प्रयास श्रेष्ठ र सीताराम धिमाल, घोराहीमा प्रशान्त राज धमला र योगेन्द्र प्रसाद खतिवडा तथा धनगढीमा किशोर प्रसाद लामिछाने र रामेश्वर श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो ।

सम्बन्धित समाचार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार