free website hit counter

सानिमा बैंकले बढायाे नाफा

beemaadmin
२०८० श्रावण १९, शुक्रबार

काठमाण्डौ । सानिमा बैंकले गत आर्थिक वर्ष २०७९–८०मा खुद नाफा बढाएको छ। आज सार्वजनिक चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा २५.१३ प्रतिशतले बढेको हो। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २० करोड रुपैयाँ रहेको छ। चुक्तापुँजी १२ अर्ब ४६ करोड रुपैयाँ रहेको बैंकको १७ प्रतिशतभन्दा बढी लाभांश बाँड्न सक्ने क्षमता देखिन्छ। बैंकको सञ्चालन मुनाफा ३ अर्ब ७८ करोड रुपैयाँ रहेकोे छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ९५ करोड रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि २७.९६ प्रतिशतले बढेको छ। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशतले बढेर ६ अर्ब ४८ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो। बैंकको रिजर्भको आकार ८।४८ प्रतिशतले बढेर ४ अर्ब ७० करोड रुपैयाँको उचाइमा पुगेको छ।

अघिल्लो वर्ष रिजर्भमा ४ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा बैंकले १ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। बैंकको सीडी रेसियो ७९ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष सीडी रेसियो ८६.३६ प्रतिशत थियो। समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.३० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.३३ प्रतिशत थियो। खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेर १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष पनि यस्तो चार्ज ५५ करोड ४३ लाख रुपैयाँ थियो। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २१.०२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १८.४८ रुपैयाँ थियो। पीई रेसियो १२.३९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५५.५१ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार