free website hit counter

साउन अन्तिमबाट सन नेपाल लाइफ आईपीओ आउने

beemaadmin
२०८० श्रावण २४, बुधबार

काठमाण्डौ । साउन मसान्त अर्थात् ३२ गते सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको छ। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ। यसैगरी कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुन आउने ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ जारी गर्नेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ४ गते र ढिलोमा भदौ १४ गते बैंकिङ समयपछि हुनेछ। सन नेपाल लाइफको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार