free website hit counter

कुवेतमा ९७५ नेपाली डाक्टरको माग, तलब १२ लाख ७० हजारसम्म

beemaadmin
२०८० भाद्र ७, बिहीबार

काठमाडौं । कुवेतको अस्पतालले एकै पटक ठूलो संख्यामा नेपाली डाक्टर माग गरेको छ। कुवेतमा रोजगार एजेन्टका रुपमा काम गरिरहेको ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेडले ९७५ जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरेको सूचना निकालेको हो। ओमेगाले सार्वजनिक गरेको सूचना अनुसार कुवेतको अस्पतालमा काम गर्ने गरी विभिन्न सात वटा विधामा विशेषज्ञ डाक्टरहरु माग गरिएको छ। एनेस्थेसिया डाक्टर १०० जना, आईसीयु कार्डियाक डाक्टर २२५ जना, पेडियाट्रिक डाक्टर १२५ जना, फिजिसियन डाक्टर (इमर्जेन्सी) २०० जना, अब्स्ट्याक्ट तथा गाइनोकोलोजिष्ट डाक्टर १०० जना, अर्थोपेडिक्स डाक्टर १०० जना र रेडियोलोजिष्ट डाक्टर १२५ जना माग गरेको सूचनामा उल्लेख छ। ९७५ जना चिकित्सक पहिलो चरणमा दुई वर्षका लागि माग गरिएको ओमेगाले जनाएको छ। त्यसपछि थप बस्न मन चाहने चिकित्सकहरुले भिसा थपेर अवधि लम्बाउन सक्नेछन्।
विशेषज्ञ चिकित्सकको तलब ७ लाख ११ हजारदेखि १२ लाख ७० हजारसम्म हुने ओमेगाले जानकारी दिएको छ। उक्त तलबमा चिकित्सकले मासिक २६ दिन काम गर्नुपर्ने सूचनामा उल्लेख छ। कुवेतको उक्त अस्पतालले सुरुको महिना खाना र बस्ने व्यवु्था समेत गरेको छ। तर दोस्रो महिनाबाट भने खानाको व्यवस्था चिकित्सक आफैंले गर्नुपर्ने हुन्छ। ओमेगाका अनुसार कुवेत जाने चिकित्सकले ओमेगालाई पहिलो महिनाको तलब भने खर्चका रुपमा उपलब्ध गराउनुपर्ने हुन्छ। विदेशमा नेपाली कामदार पठाउनका लागि वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिनु पर्ने कानूनी व्यवस्था छ। ओमेगाले उक्त स्वीकृति लिएको दाबी गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार