free website hit counter

१६ करोडमा लिलामीमा राखिएको ह्विस्की

beemaadmin
२०८० कार्तिक ५, आईतवार

एजेन्सी । विश्वकै सबैभन्दा मूल्यवान ह्विस्की लिलामीमा जाने भएको छ । द म्याकलन डिस्टिलरीको सिंगल माल्ट ह्विस्कीको एक बोतल आगामी महिना अनुमानित १२ लाख अमेरिकी डलर ९१५ करोड ९३ लाख ४ हजार हजार ८ सय नेपाली रुपैयाँ०मा लिलामीमा राखिन लागिएको हो । द म्याकलनद १९२६ विश्वमै सबैभन्दा खोजिएको ह्विस्कीको रुपमा चिनिन्छ । यो कुरा सन् २०१९ मा १५ लाख अमेरिकी डलरमा यही किसिमको ह्विस्की लिलाम हुँदा पुष्टि भएको थियो । यो ह्विस्कीलाई १९२६ मा डिस्टिल गरेर ६ दशकपछि १९८६ मा यसलाई खोलेर बोतलमा राखिएको थियो । जम्मा ४० बोतल मात्रै यो ह्सिकी उत्पादन गरिएको थियो । बिक्रीका लागि नभएको भएतापनि म्याकलनका विशेष क्लाईन्टहरुका लागि यो ह्विस्की भने उपहारका रुपमा दिइृएको थियो । पछिल्ला वर्षहरुमा यो ह्विस्की लिलामीमा राखिँदा निकै महंगोमा बिक्री हुने गरेको छ । यसपटक भने यो ह्विस्कीलाई १८ नोमेम्बर मा लिलामीमा राखिनेछ । म्याकलन अडामी १९२६ नामक यो ह्विस्कीलाई लण्डनको सोथेब्लीमा अनुमानित ७ लाख ५० हजार अमेरिकी डलरदेखि १२ लाख अमेरिकी डलरका बीचमा लिलामीमा राखिने बताइएको छ । त्यत्तिबेला यो ह्विस्कीका १२ बोतलहरु मात्रै उत्पादन गरिएको थियो । तर, हाल कति वटा बाँकी छन् भन्ने कुरा भने स्पष्ट छैन ।

सम्बन्धित समाचार