free website hit counter

हिमालयन लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८० कार्तिक १९, आईतवार

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले १० लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८५.०९ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ७२ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा संस्थाले ५२ लाख ५२ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो। सञ्चालन मुनाफा पनि ८५.०८ प्रतिशतले घटेको छ। पहिलो त्रैमासमा संस्थाले ५ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ५ करोड ६५ लाख रुपैयाँ थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि २.१३ प्रतिशतले घटेको छ। पहिलो त्रैमासमा संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.९२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल १.४७ प्रतिशत थियो। एनपीएल बढेसँगै संस्थाको ६३ लाख १७ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ। अघिल्लो वर्ष यस्तो चार्ज १ करोड २ लाख रुपैयाँ थियो। चुक्तापुँजी ३१ करोड ९८ लाख रुपैयाँ संस्थाको रिजर्भको आकार १९.६४ प्रतिशतले बढेर १० करोड ५३ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ८ करोड ८० लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा संस्थाले ३ अर्ब १४ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ अर्ब १७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। वार्षिकीकृत संस्थाको ईपीएस घटेर १।३६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २.२८ रुपैयाँ थियो। पीई रेसियो ४१५.७३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३९.७४ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार