काठमाडौं। सूर्य नेपालका उपाध्यक्ष रवि केसीलगायत टिमले जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट पीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका १ करोडको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको लागि हस्तान्तरण गरेका छन् । केसीको नेतृत्वमा सूर्य नेपालका प्रतिनिधिहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।