free website hit counter

एनएमबी बैंकले लाभांश नदिने

beemaadmin
२०८० मंसिर १४, बिहीबार

काठमाडौं । एनएमबी बैंकले सेयरधनीलाई यो वर्ष कति पनि लाभांश नदिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफा सञ्चित गर्ने निर्णय गरेको हो । गत आर्थिक वर्ष २०७९–८० मा बैंकले ८.२५ प्रतिशत नगद लाभांश दिएको थियो भने आर्थिक वर्ष २०७८–७९ मा ३.३ प्रतिशत नगद र १२।५ प्रतिशत सेयर बोनस दिएको थियो । त्यस्तै २०७७–७८ मा ३.२ प्रतिशत नगद र १३ प्रतिशत बोनस दिएको बैंकले २०७६–७७ मा १४ प्रतिशत नगद र २१ प्रतिशत बोनस सेयर दिएको थियो । सेयर बजारमा बैंकको मूल्य प्रतिकित्ता २०४ रुपैयाँ ७० पैसा रहेको छ । चालु वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९८ पैसा छ ।

सम्बन्धित समाचार