free website hit counter

चिलिमे जलविद्युत कम्पनीद्वारा लाभांश घोषणा

beemaadmin
२०८० मंसिर २४, आईतवार

काठमाण्डौ ।चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको गत मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ५ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव हो । कम्पनीको चुक्तापूँजी ७ अर्ब २५ करोड ८१ लाख छ । प्रस्तावित लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । कम्पनीले आगामी पुस २० गते साधारणसभा बोलाएको छ । यसैगरी, कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश दिएको थियो ।

सम्बन्धित समाचार