काठमाडौं । जीवन विकास लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। पुस १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।