free website hit counter

धनराजमाथि अनुसन्धान गर्न छानबिन समितिको सिफारिस

beemaadmin
२०८१ भाद्र ३१, सोमबार

काठमाडौँ । थुप्रै विवादमा पटक पटक मुछिँदै आएका नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको कागजातहरूले देखाएको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले जनाएको छ । समितिले तयार पारेको प्रतिवेदनमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र उनकी श्रीमती ज्योति गुरुङको संलग्नता रहेको पाइएको हो । समितिले छानबिन गरिरहेका बेला सहकारी मितेरी सहकारी संस्थाका सञ्चालकबाटै उजुरी परेपछि संसदीय छानबिन विशेष समितिले सहकारीको स्थलगत अध्ययन गरेको थियो । प्राप्त प्रमाणका आधारमा गुरुङमाथि अनुसन्धान गर्न समितिले सिफारिस गर्ने सहमति भएको बताइएको छ ।

सम्बन्धित समाचार