free website hit counter

साच्चै दुई लाख पुग्दै हो त सुनको मूल्य ?

beemaadmin
२०८१ आश्विन २३, बुधबार

काठमाण्डौ । दिनदिनै सुनको आउले आफ्नै रेकर्ड ब्रेक गर्दै अघि बढे पनि सुन किन्न तम्सिनेहरुको कमी छैन । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आगामी वर्षको सुरुसम्ममा प्रतिऔंस ३ हजार डलर प्रति १० ग्राम पुग्न सक्छ । आगामी महिना सुनको भाउ अझै बढ्ने विज्ञहरु बताउँछन् । यो वर्ष सुनको भाउ प्रतिऔंस २७ सय डलर र अर्को वर्षको सुरुमा ३ हजार डलर पुग्न सक्नेछ । १ औंसमा २८।३५ ग्राम हुन्छ । भू–राजनीतिक तनाव, ब्याजदर कटौती, चीनको माग, केन्द्रीय बैंकबाट खरिद र आगामी अमेरिकी चुनावले आगामी महिनामा सुनको दिशा निर्धारण गर्नेछ । गत महिना मध्यपूर्वमा बढ्दो तनाव र अमेरिकी फेडरल रिजर्भले थप ब्याजदर कटौती गर्ने अपेक्षाका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च २ हजार ६ सय ७० डलर प्रति औंस पुगेको छ । यसले नेपालजस्तो देशमा समेत सुनको भाउलाई सर्वाधिक उचाईमा पुर्याइदिएको छ । सुनको भाउ बढ्नुमा धेरै कारण रहेको विश्लेषकहरुको भनाइ छ । युएईको नूर क्यापिटलका वरिष्ठ उपाध्यक्ष फिलिप लील क्यामेजो सिएनएनसँग एउटा अन्तर्वार्तामा भनेका छन्, ‘अहिले हामी सुनमा उत्साही छौं। सुन विभिन्न कारणले फेसन भएको छ। ब्रिक्स र तेस्रो विश्वका देशहरू डलरबाट टाढा भइरहेका छन्। केन्द्रीय बैंकहरुले सुनको भण्डार बढाइरहेका छन् । यदि तपाइँ हेज कोषलाई हेर्नुहुन्छ भने, सुनमा पूँजीको ठूलो प्रवाह छ। त्यहाँ धेरै कारकहरू छन् जसका कारण हामी सुनमा आकर्षित भइरहेका छौं । क्यामेजोका अनुसार गोल्डम्यान स्याक्सले सुनको लक्ष्य २७०० डलर राखेको थियो । हालै यसलाई बढाएर २९०० डलर प्रति औंस कायम गरिएको छ । अर्को मनोवैज्ञानिक आंकडा ३००० डलरको हो । समर्थन पहिले नै २६०० डलरमा देखिएको छ । आगामी महिनाहरूमा २७००, २९०० र ३००० डलरको स्तर देख्न सकिन्छ। यस्तो देखिँदैछ कि पहेंलो धातुले सन् २०२५ को पहिलो क्वर्टरुमा ३००० को सर्वाधिक उचाई चुम्नेछ । अबको केही महिनामा भू–राजनीतिक तनाव, ब्याजदर कटौती, चीनको माग, केन्द्रीय बैंकको खरिद र अमेरिकी चुनावले सुनको दिशा तय गर्नेछ । सुनको मूल्यमा उतारचढाव आउनुको कारण यी सबै तत्वको संयुक्त प्रभाव हुनेछ ।

सम्बन्धित समाचार