काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको २३ औँ वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पुँजी रु. १४,०८,९९,८०,१८५ (को ४ प्रतिशतका दरले हुने रु. ५६,३५,९९,२०८ नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । त्यस्तै, सभाले एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ । साथै, बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र वीरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट अंकित केडिया (प्रतिनिधि लेभरेज होल्डिङ्ग्स प्रालि र भोजन अर्याल प्रतिनिधि रिनुवल इन्भेष्टमेन्ट प्रालि निर्विरोध निर्वाचित भएका छन् ।