free website hit counter

गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँट

beemaadmin
२०८१ माघ ६, आईतवार

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय, नागपोखरी, काठमाडौँमा आईपीओ बाँडफाँट भएको हो। कम्पनीले पुस २१ गतदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन तथा बिक्री गरेको थियो। सो आईपीओमा कुल १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। निष्काशन गरिएको कुल कित्ताको तुलनामा कुल आवेदन १२.५८ गुणा बढी हो। कुल आवेदनमध्ये १८ लाख २२ हजार ४०५ आवेदन स्वीकृत भएको छ भने ८ हजार ४५२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ। मागभन्दा बढी आवेदन परेका कारण धितापत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको शेयर बाँडफाँट गरिएको छ। जस अनुसार कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार