free website hit counter

शालिकराम प्रकरणबाट रविले पाए सफाई

beemaadmin
२०७६ माघ ६, सोमबार

चितवन । आत्महत्या दुरूत्साहनको मुद्दा खेपिरहेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले सफाइ पाएका छन्।सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनाले सफाइ पाएका हुन् । जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने, युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीलाई सफाइ दिएको हो ।
लामिछानेलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा चलाइएको थियो । तर रावलकै इजलासले लामिछाने ५ लाख र कँडेल ३ लाख धरौटीमा छाडेको थियो ।
पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेपछि उनलाई त्यो अवस्थामा पुग्न बाध्य पारेको भन्दै सरकारी वकिल कार्यालय चितवनले तीनैजनालाई मुद्दा लगाएको थियो। पुडासैनी साउन २१ गते चितवनको कंगारू होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनको साथबाट आत्महत्याअघि खिचिएको भिडियो प्राप्त भएको थियो। जसमा उनले लामिछानेसहित तीनै जनाका कारण आफू मर्नुपरेको बताएका थिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार