free website hit counter

पाँच महिनामा निर्जीवन बीमकले संकलन गरे १९ अर्ब बढी बीमाशुल्क

beemaadmin
२०८२ पुष १२, शनिबार

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना अर्थात् मंसिर मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिसम्ममा १९ अर्ब ४८ करोड ९६ लाख कुल बीमाशुल्क आर्जन गरेको हुन् । मंसिर मसान्तसम्ममा सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा २ अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो । यस्तै, शिखर इन्स्योरेन्सले मंसिर मसान्तसम्ममा २ अर्ब १५ करोड कुल बीमाशुल्क आर्जन गर्दा हिमालयन एभरेष्टले २ अर्ब कुल बीमाशुल्क आर्जन गरेको छ । यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले मंसिरसम्ममा १ अर्ब ८६ करोड, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ६६ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ५७ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ४३ करोड, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३१ करोड, सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब २२ करोड र ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ११ करोड बीमाशुल्क आर्जन गरेका छन् । त्यस्तै, नेपाल इन्स्योरेन्सले १ अर्ब १ करोड, प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख, नेशनल इन्स्योरेन्सले ६० करोड ६८ लाख र राष्ट्रिय बीमा कम्पनीले ४९ करोड ३० लाख बीमाशुल्क आर्जन गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार