free website hit counter

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ल्यायो युनियन पे कार्ड, यस्ता छन् सुविधा

beemaadmin
२०८२ पुष २७, आईतवार

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले आफ्ना ग्राहकहरूका लागि एनआईएमबी युनियनपे कार्ड सेवा सञ्चालनमा ल्याएको छ। आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित बैंकले बिहीबारदेखि यो कार्डको औपचारिक शुभारम्भ गरेको हो। बैंकले सुरक्षित, भरपर्दो र विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने प्रतिबद्धता स्वरूप युनियनपे कार्ड ल्याएको जनाएको छ। नवप्रवर्तनयुक्त सुविधासहित आएको यो कार्डमार्फत ग्राहकले देशभित्र तथा विदेशमा समेत सहज रूपमा कारोबार गर्न सक्नेछन्। विश्वभरका लाखौँ व्यापारी केन्द्र तथा एटीएममा चल्ने भएकाले यसले भुक्तानी, अनलाइन कारोबार र अन्तर्राष्ट्रिय यात्रालाई थप सरल तथा सुरक्षित बनाउने बैंकको दाबी छ। कार्ड शुभारम्भको अवसरमा बैंकले ग्राहकहरूका लागि विशेष प्रारम्भिक अभियान सार्वजनिक गरेको छ। जसअनुसार बैंकले अन्तर्राष्ट्रिय तथा स्वदेशी दुवै प्रकारका युनियनपे कार्डमा ५ वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुट दिने व्यवस्था गरेको छ। यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुने भएकाले कुनै पनि शुल्क नतिरी दीर्घकालीन सुविधा लिन चाहने इच्छुक ग्राहकलाई समयमै आवेदन दिन बैंकले आग्रह गरेको छ। यस सहकार्यले डिजिटल बैंकिङ प्रणालीलाई थप सुदृढ बनाउँदै ग्राहकलाई कार्डमा आधारित कारोबारमा बढी विकल्प र सहजता प्रदान गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ। हाल बैंकले २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्सन काउन्टर र ६० शाखारहित बैंकिङमार्फत सेवा प्रवाह गरिरहेको छ।

सम्बन्धित समाचार