काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमाससम्ममा ३ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीले ६ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ४३.२९ प्रतिशतले घटेको छ। प्राकृतिक विपत्ति र जेनजी आन्दोलनबाट भएको बीमांकृत सम्पत्तिको क्षतिले कम्पनीको नाफामा संकुचन आएको देखिन्छ। चुक्तापुँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्ममा स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ७१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १० करोड २९ लाख रुपैयाँ र अन्य इक्विटीमा ४७ करोड १५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ३४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४६ करोड ३२ लाख रुपैयाँ र अन्य इक्विटीमा ५२ करोड १८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्ममा कम्पनीले २ अर्ब ३० करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क २५.४१ प्रतिशतले बढी हो। त्यस्तै कम्पनीले यस अवधिसम्म १ अर्ब १६ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको यसै अवधिसम्म कम्पनीले ७१ करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ६१.९४ प्रतिशतले बढी हो। चालु आर्थिक वर्षको पुससम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ईपीएस २.८५ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष ईपीएस १०.०४ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ २२७.४३ रुपैयाँ रहेको छ।