काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको नाफा ऋणात्मक देखिएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनी १० करोड ६६ लाख घाटामा रहेको हो। जबकी गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ९६ लाख खुद नाफा आर्जन गरेको थियो । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ३६ करोड ६५ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने ५८ करोड ७८ लाख खुद बीमाशुल्क आर्जन गरेको छ। समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ७७ करोड ८६ लाख खर्चिएको छ। पुससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९.२३ पैसा ऋणात्मक रहेको छ। हाल कम्पनीको रिटेन्ड अर्निङ ५९ लाख ८७ हजार ऋणात्मक छ भने अन्य इक्विटीमा ५९ करोड ६० लाख रहेको छ।