free website hit counter

हिमालयन लाइफका निमित्त सीईओको जिम्मेवारी दिनेशबहादुर अमात्यले सम्हाले

beemaadmin
२०८३ श्रावण १२, मंगलवार

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा दिनेशबहादुर अमात्यले पदभार ग्रहण गरेका छन्।

कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रहेका अमात्यलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको थियो। उक्त निर्णय आजदेखि कार्यान्वयनमा आएको कम्पनीले जनाएको छ।

निर्णयअनुसार अमात्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा औपचारिक रूपमा पदभार सम्हालेका हुन्।

यसअघि सहायक कम्पनीको लगानी दुरुपयोगसम्बन्धी प्रकरणमा प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहाल निलम्बनमा परेपछि कम्पनीले अमात्यलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो।

सम्बन्धित समाचार