free website hit counter

आफूलाई ‘पाथीभरा माता’ भन्दै भ्रम फैलाउने युवक सुर्खेतबाट पक्राउ

beemaadmin
२०८३ श्रावण १४, बिहीबार

काठमाडौं । आफूलाई ‘पाथीभरा माता’ भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण भिडियो सार्वजनिक गर्ने एक युवकलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ निवासी २४ वर्षीय समिर थापा रहेका छन्। उनलाई साउन १३ गते राति पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक कविन्द्र सिंह बोहराका अनुसार थापाले सामाजिक सञ्जालमार्फत आम नागरिकमा भ्रम फैलाउने, धार्मिक आस्थामाथि नकारात्मक असर पार्ने तथा अनावश्यक विवाद सिर्जना गर्ने उद्देश्यले भिडियो सामग्री सार्वजनिक गरेको आरोप लागेको छ।

प्रहरीले यस्ता गतिविधिले सामाजिक सद्भाव र सार्वजनिक शान्तिमा असर पार्न सक्ने भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित समाचार