काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि हुने क्रम जारी रहेको छ । भदौ ७ गते, आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।