free website hit counter

सुनको मूल्यमा उछाल जारी

beemaadmin
२०८३ भाद्र ८, सोमबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रमले आज पनि निरन्तरता पाएको छ । भदौ ८ गते, सोमबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार