free website hit counter

स्वास्थ्यका प्रमुख विशेषज्ञ आजका नियुक्ति हुँदै (सिफारिशमा को को ?)

beemaadmin
२०७६ माघ २०, सोमबार

काठमाडौं । स्वास्थ्य मन्त्रालयको रिक्त तीनवटा प्रमुख विशेषज्ञ पदमा आज बस्नेमन्त्रिपरिषद्को बैठकले नियुक्ति गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त तीन पदका लागि पाँच जनाको नाम मन्त्रिपरिषद्मा सिफारिश गरेर पठाएको थियो । सिफारिश गरेर पठाइएका नामहरुमा डा. दिपेन्द्र रमण सिंह, डा. भीमसिंह टिंकरी, डा. केदार सेन्चुरी, डा. महेन्द्रप्रसाद श्रेष्ठ र डा. रोशन पोखरेल रहेका छन् । यीमध्ये डा. सिंह नीति, योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखा, डा. टिंकरी स्वास्थ्य सेवा विभागको डाइरेक्टर छन् भने श्रेष्ठ प्रवक्ता रहेका छन् । पोखरेल कोशी अञ्चल अस्पतालको प्रमुख हुँदै स्वास्थ्य सेवा विभागको महानिर्देशकमा कार्यरत छन् । स्रोतकाअनुसार मन्त्रिपरिषद्ले डा. सिंह, डा. श्रेष्ठ र डा. पोखरेललाई १२औं तहमा पदोन्नति गर्ने बताइएको छ ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार