काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनको तयारी तथा त्यससँग सम्बन्धित विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।
पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बस्ने बैठकमा १५औँ महाधिवेशनका विषयमा छलफल हुने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै सातै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थित हुन भनिएको छ।
कांग्रेसभित्र महाधिवेशनको तयारी, कार्यतालिका तथा पार्टी संगठनसम्बन्धी विषयमा छलफल भइरहेका बेला कार्यसम्पादन समितिको बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ। आजको बैठकबाट महाधिवेशन तयारीका विषयमा थप निर्णय तथा आवश्यक दिशानिर्देश तय हुन सक्ने नेताहरूको अपेक्षा छ।