free website hit counter

अरुण भ्याली हाइड्रोपावरद्वारा लाभांश घोषणा गर्‍यो

beemaadmin
२०८३ भाद्र २९, सोमबार

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावअनुसार हाल कायम चुक्तापुँजी ४ अर्ब ४ करोड ४ लाख ३ हजार १५० रुपैयाँको ५ प्रतिशतले हुन आउने २० करोड २० लाख २० हजार १५७ रुपैयाँ ५० पैसा बराबरको बोनस सेयर वितरण गरिनेछ।

त्यस्तै, कर प्रयोजनका लागि चुक्तापुँजीको ०.२६३ प्रतिशतले हुन आउने १ करोड ६ लाख ३२ हजार ३२० रुपैयाँ ८९ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।

यसअनुसार कम्पनीले सेयरधनीलाई कुल २१ करोड २६ लाख ५२ हजार ४७८ रुपैयाँ ३९ पैसा बराबरको लाभांश वितरण गर्नेछ।

साधारण सभाबाट अनुमोदन भएपछि वितरण

कम्पनीले प्रस्ताव गरेको लाभांश २९औँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ।

कम्पनीले आगामी असोज २७ गते २९औँ वार्षिक साधारण सभा बोलाएको छ। सभामा लाभांश प्रस्तावसहित कम्पनीका विभिन्न विषयमा छलफल तथा निर्णय हुनेछन्।

असोज १३ गते बुक क्लोज

साधारण सभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसअनुसार असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीले मात्रै कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन पाउनेछन्।

सम्बन्धित समाचार