free website hit counter

रिलायन्स स्पिनिङ मिल्सले घोषणा गर्‍यो ३० प्रतिशत नगद लाभांश

beemaadmin
२०८३ भाद्र ३०, मंगलवार

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि ३० प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्दै चुक्तापुँजीको ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त लाभांशमा करसमेत समावेश रहेको कम्पनीले जनाएको छ।

कम्पनीको हालको चुक्तापुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ। सोही चुक्तापुँजीका आधारमा ३० प्रतिशत नगद लाभांश वितरण गर्न लागिएको हो।

सञ्चालक समितिको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्रै लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार