काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पुँजीको १६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांशमा कर प्रयोजनार्थ रकमसमेत समावेश रहेको बैंकले जनाएको छ।
कात्तिक ९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् शेयरधनीलाई वितरण गरिनेछ।