free website hit counter

खड्काले भने– आइएमई लाइफ छोड्दिनँ

beemaadmin
२०८३ कार्तिक ११, मंगलवार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार खड्काले आफू एशियन लाइफ इन्स्योरेन्सको सीईओ बन्न लागेको भन्ने समाचारमा सत्यता नरहेको बताएका छन्।

केही अनलाइन सञ्चारमाध्यममा खड्का एशियन लाइफको सीईओ बन्न जाने तयारीमा रहेको भन्दै समाचार प्रकाशित भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यस्ता समाचारको पछि नलाग्न आग्रह गरेका हुन्।

Advertisement
Advertisement

खड्काले आफूले आइएमई लाइफ इन्स्योरेन्स छाड्न लागेको भन्ने खबर निराधार रहेको स्पष्ट पारेका छन्। विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारमा सत्यता नरहेको भन्दै उनले भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।

Advertisement
Advertisement

एशियन लाइफ इन्स्योरेन्समा सीईओ पद रिक्त भएपछि खड्का उक्त पदमा जान लागेको हल्ला फैलिएको थियो। तर, एशियन लाइफमा आजदेखि लागू हुने गरी डेपुटी सीईओ होमबहादुर श्रेष्ठले कायममुकायम (कामु) सीईओको जिम्मेवारी सम्हालेका छन्।

सम्बन्धित समाचार