free website hit counter

अर्थतन्त्रमा सुस्तताबीच बीमा व्यवसायमा उत्साह, निर्जीवन बीमाको व्यापार २२ प्रतिशतले बढ्यो

beemaadmin
२०८३ कार्तिक २१, शुक्रबार

काठमाडौं । मुलुकको अर्थतन्त्र अपेक्षाअनुसार चलायमान हुन नसकेको अवस्थामा पनि नेपालको निर्जीवन बीमा व्यवसायले भने उत्साहजनक वृद्धि हासिल गरेको छ । आर्थिक गतिविधिमा सुस्तता र विभिन्न चुनौतीबीच चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क संकलन २२.१६ प्रतिशतले बढेको छ । यसले नेपालको बीमा बजारमा विस्तारको सम्भावना र व्यवसायप्रतिको आकर्षण बढ्दै गएको संकेत गरेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज मसान्तसम्मको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ ठूला र चार लघु निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल १५ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीले १२ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

Advertisement
Advertisement

समीक्षा अवधिमा बीमाशुल्क संकलनसँगै बीमालेख बिक्रीमा पनि उल्लेख्य गतिविधि देखिएको छ । तीन महिनामा निर्जीवन बीमा कम्पनीहरूले कुल ९ लाख १५ हजार ७१७ वटा बीमालेख बिक्री गरेका छन् । अर्थतन्त्रमा चुनौती रहे पनि बीमा सेवाको माग र बजार विस्तार सकारात्मक दिशामा अघि बढिरहेको यस तथ्यांकले देखाउँछ ।

Advertisement
Advertisement

प्राधिकरणको तथ्यांकअनुसार ठूला निर्जीवन बीमा कम्पनीहरूले १५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, लघु निर्जीवन बीमा कम्पनीहरूले २४ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यसले परम्परागत बीमा बजारसँगै न्यून आय भएका तथा बीमाको पहुँचबाट टाढा रहेका वर्गलाई लक्षित लघुबीमाको बजार पनि विस्तार हुँदै गएको देखाउँछ ।

कम्पनीगत बीमाशुल्क संकलनका आधारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । कम्पनीले समीक्षा अवधिमा १ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्स १ अर्ब ७९ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ६० करोड ९९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यसैगरी, एनएलजी इन्स्योरेन्सले १ अर्ब ४९ करोड १८ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ३३ करोड ४ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड ८१ लाख रुपैयाँ र दि ओरिएन्टल इन्स्योरेन्सले ९८ करोड २४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

युनाइटेड अजोड इन्स्योरेन्सले ९६ करोड २० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ८२ करोड ४१ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले ७१ करोड ८३ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले ५३ करोड २८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले ५० करोड ७४ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ४७ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

लघु निर्जीवन बीमातर्फ नेपाल माइक्रो इन्स्योरेन्सले ६ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । स्टार माइक्रो इन्स्योरेन्सले ६ करोड २३ लाख रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्सले ६ करोड रुपैयाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ५ करोड ७० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

समग्रमा हेर्दा अर्थतन्त्रमा अपेक्षित सुधार हुन नसकेको अवस्थामा पनि निर्जीवन बीमा व्यवसायमा देखिएको २२ प्रतिशतभन्दा बढीको वृद्धि सकारात्मक संकेत हो । बीमाको दायरा विस्तार, जोखिम हस्तान्तरणप्रतिको बढ्दो सचेतना र नयाँ बीमा सेवाको पहुँच विस्तारले आगामी दिनमा पनि यस क्षेत्रको विकासका लागि आधार तयार गर्न सक्ने देखिन्छ ।

सम्बन्धित समाचार