free website hit counter

ज्येष्ठ नागरिकको सुविधा पाएपछि टोपबहादुर रायमाझी रिहा

beemaadmin
२०८३ कार्तिक २७, बिहीबार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार बिहान रिहा भएका छन् । उनी डिल्लीबजार कारागारबाट कैदमुक्त भएका हुन् ।

६५ वर्ष उमेर पूरा गरेका रायमाझी ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा पाएपछि रिहा भएका हुन् । उनलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो ।

Advertisement
Advertisement

रायमाझीको निवेदनका आधारमा अदालतले ज्येष्ठ नागरिकसम्बन्धी सुविधाअनुसार कैदमुक्त गर्न संशोधित कैदीपुर्जी जारी गरेको थियो । तिहारअघि नै प्राप्त उक्त कैदीपुर्जीका आधारमा उनलाई थुनामुक्त गरिएको डिल्लीबजार कारागारका एक अधिकृतले बताए ।

Advertisement
Advertisement

कारागारका जेलर बाबुराम अर्यालले पनि रायमाझीलाई बिहीबार रिहा गर्नुपर्ने पत्र अदालतबाट तिहारअघि नै प्राप्त भएको जानकारी दिए । उनले भने, ‘संशोधित कैदीपुर्जीअनुसार आज उहाँको छुट्नुपर्ने दिन हो ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट दिने कानुनी व्यवस्था छ । सोही सुविधाअनुसार रायमाझी कैदमुक्त भएका हुन् ।

सम्बन्धित समाचार