free website hit counter

सम्पत्ति शुद्धीकरण मुद्दाकी प्रतिवादी डा. ज्योति अग्रवाल पक्राउपछि रिहा

beemaadmin
२०८३ कार्तिक २७, बिहीबार

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रतिवादी रहेकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ज्योति अग्रवाल पक्राउ परेकी छन् । इन्डोनेसिया जान लागेकी उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार उनलाई पक्राउ गरेको थियो । पक्राउ परेकी डा. अग्रवाललाई बुधबार भने हाजिर जमानीमा रिहा गरिएको छ ।

Advertisement
Advertisement

सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार अदालतमा उपस्थित हुने सर्तमा उनलाई रिहा गरिएको हो । जटिल स्वास्थ्य समस्याका कारण हाजिर जमानीमा छाडिएको उनले जानकारी दिए ।

Advertisement
Advertisement

विवादास्पद सेयर कारोबारी दीपेन्द्र अग्रवाल मुख्य प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दामा डा. ज्योति पनि प्रतिवादी छिन् । उनी दीपेन्द्रकी दिदी हुन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा डा. ज्योतिको बैंक खाताबाट दीपेन्द्रको खातामा रकम कारोबार भएको देखिएपछि उनलाई पनि उक्त मुद्दामा प्रतिवादी बनाइएको थियो । उनीविरुद्ध अदालतमा फरार प्रतिवादीका रूपमा मुद्दा पेस गरिएको थियो ।

यसै मुद्दामा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल गत कात्तिक १९ गते काठमाडौं जिल्ला अदालतबाट १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

सम्बन्धित समाचार