काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि प्रतितोला २२५ रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ कायम थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।
पछिल्ला दिनहरूमा नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य निरन्तर घटिरहेको छ।