free website hit counter

महरा मुद्दाको फैसला सोमबार

beemaadmin
२०७६ फाल्गुन ४, आईतवार

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको जिल्ला अदालत काठमाडौंमा जारी रहेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । आइतबार उक्त मुद्दाको फैसला हुने अनुमान गरिए पनि जिल्ला न्यायाधीश  अम्बरराज पौडेलको इजलासमा हेर्दाहेर्दैमा पुगेको हो । भोलि यससम्बन्धी फैसला हुने अनुमान गरिएको छ । दुवै पक्षको बहस आइतवार सकिए पनि समय अपुग भएको भन्दै सो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो।

महराको पक्षमा अधिवक्ताहरू लवप्रसाद मैनाली, रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, डा. भीमार्जून आचार्य, सबिता भण्डारी बराल, सुशील सापकोटा, मुरारी सापकोटा, डा. दिनमणि पोखरेललगायतले बहस गरेका थिए। सरकारी वकिलहरुले बहस गरिसकेपछि महराको पक्षबाट बहस भएको थियो।

संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा रहेका महराको मुद्दाको सुनुवाई सोमबार हुने अनुमान गरिएको छ ।  जिल्ला अदालत काठमाडौंका तत्कालिन न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार