free website hit counter

चीनबाट ल्याइएका सबै स्वस्थ

beemaadmin
२०७६ फाल्गुन ७, बुधबार

काठमाडौं । चीनबाट ल्याइएका सबै नेपाली सुरक्षित देखिएका छन् । स्वास्थ्य मन्त्रालयले चीनबाट नेपाल ल्याएका नेपालीहरुको स्वास्थ्य परीक्षणका क्रममा कसैमा पनि कोरोना भाइरस नभएको स्पष्ट पारेको छ । मन्त्रालयले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महेन्द्र श्रेष्ठले फागुन ४ गते चीनको ऊहानबाट ल्याएका १७५ जनाकै स्वास्थ्य परीक्षण गरिएको र त्यसक्रमम कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी दिए ।
मन्त्रालयले कोरना भाइरस फैलन नदिन सरकारले निगरानी गरिरहेको भन्दै संक्रमण फैलन नदिन आवाश्यक तयारी गरिरहेको जनाएको छ । सरकारले गत फागुन ४ गते चीनबाट १७५ जना नेपालीको उद्दार गरेर भक्तपुरमा राखिएको छ ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार