free website hit counter

अक्सफोर्डका वैज्ञानिकले भने, केही महिनाभित्रै कोरोनाविरुद्ध भ्याक्सिन बन्छ

beemaadmin
२०७६ फाल्गुन ८, बिहीबार

एजेन्सी। छिमेकी मित्रराष्ट चीनलाई मात्रै होइन सिंगो विश्वालाई नै आतंकित बनाएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन केही महिनाभित्र उपलब्ध हुन सक्ने अक्सफोर्ड युनिभसिटीका वैज्ञानिकहरुले दावी गरेका छन् । प्रोफेसर सराह गिलबर्ट नेतृत्वको टिमले कोभिड –२०१९ लाई थप फैलिनबाट रोक्न भ्याक्सिनको विकास अन्तिम चरणमा पुर्‍याएको हो ।

सुरुमा ट्रायलका लागि एक हजार डोज उत्पादन गरिने उनीहरुले बताएका छन् । यसअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) यस्तो भ्याक्सिन विकास हुन १८ महिना लाग्ने अनुमान गरेको थियो । यही टिमले कोरोना भाइरससँगै सम्वन्धि –मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम’ विरुद्धको खोपमा पनि काम गरिरहेको छ ।

जेन्नर इन्स्टिच्यूटको विज्ञप्तिमा प्रोफेसर गिलबर्टले भनेका छन्, हामी यसलाई छिटोभन्दा छिटो सक्ने गरी काम गरिरहेका छौं । विकास भइरहेको भ्याक्सिनको नाम ChAdOx1 nCoV-19 रहेको उनले जानकारी दिए । कोरोना भाइरसको संक्रमण अहिलेसम्म चीनमा ७४ हजार जना मानिसहरुको फैलिएको छ भने २ हजार ६ जनाको मृत्यू भइसकेको छ । पछिल्लो समय भाइरसको संक्रमण घटिरहेको चीन सरकारले दावी गरे पनि अन्तर्राष्ट्रिय समुदायले पत्याएको छैन ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार