free website hit counter

अष्ट्रेलियामा कोरोनाको कारण एक जनाले ज्यान गुमाए

beemaadmin
२०७६ फाल्गुन १८, आईतवार

अस्ट्रेलिया । विश्वलाई नै आतंकित बनाइरहेको कोरोना भाइरसको सङ्क्रमणबाट अस्ट्रेलियामा एक जनाको ज्यान गएको छ । जापानमा क्वारेन्टाइनमा राखिएको ‘डायमण्ड प्रिन्सेस’ पानी जहाजबाट उद्धार गरिएका ७८ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान ज्यान गएको अस्ट्रेलिया सरकारले पुष्टि गरेको छ । कोरोनाबाट ज्यान गुमाएका ती पुरुषको परिचय भने खुलइएको छैन । ती पुरुषको पर्थमा रहेको सर चार्लेस गेर्डनर अस्पतालमा उपचारका क्रममा ज्यान गएको अधिकारीहरुले बताएका छन् ।
ती पुरुषलाई पत्नीसहित डार्विन क्वारेन्टाइन क्याम्पबाट अस्पताल लगिएको थियो । क्वारेन्टाइन क्याम्पबाट आइसोलेशनमा पुर्‍याइएपछि उनकी पत्नीमा पनि कोरोनाको सङ्क्रमण देखिएको थियो । मृतककी पत्नीको अहिले आइसोलेशनमा उपचार भइरहेको छ । यसअघि कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको ज्यान गइसकेको छ । वाशिङ्टनमा उपचारको क्रममा रहेका एक जनाको ज्यान गएको अमेरिकी सरकारले पुष्टि गरेको बीबीसीले जनाएको छ । कोरोनाको कारण एक जनाको ज्यान गएपछि वाशिङ्टनका गभर्नरले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् ।
यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको सम्भावित खतरा रहेको तर खतरासँग लड्न अमेरिका तयार रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि चीन र इरानसँगको यात्रामा कडाइ गरेको अमेरिकाले इटली र दक्षिण कोरियासँगको यात्रामा पनि कडाइ गरेको छ । चीनबाट फैलन सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको छ भने झण्डै तीन हजार जनाको ज्यान गएको बीबीसीले जनाएको छ । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार