free website hit counter

रात्रि बसबाटै समातियो ६ किलो सुन

beemaadmin
२०७६ फाल्गुन २०, मंगलवार

हेटौंडा । ६ किलो भन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्रि बसलाई पूर्वपश्चिम राजमार्गको हेटौंडा– १५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित भारत कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ठूला उपकरणमा प्रयोग हुने फलामको बेरिङभित्र राखेर ल्याएको सुन बरामद गरेको मकवानपरका प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार बरामद भएको सुन नेपाली बजार मूल्यअनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार