free website hit counter

स्वास्थकर्मीलाई ७५ प्रतिशत भत्ता १० लाखको बीमा

beemaadmin
२०७६ चैत्र ४, मंगलवार

काठमाडौं । अहिले कोरोना संक्रमणले विश्व नै संकटमा फसेको छ । हजारौं मानिसको ज्यान गइसकेको र लाखौं प्रभावित बनेको कोरोना रोकथामका लागि सरकारले थुप्रै निर्णयहरु गरे पनि कार्यान्वय पक्ष फितलो देखिएको छ । सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई विशेष प्याकेज घोषणा गरेको छ । नोभल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसबाट संक्रमित जनताको उपचारमा संलग्न डाक्टर, नर्सलाई ७५ प्रतिशत थप भत्ता दिनुका साथै १० लाख रुपैयाँको बीमा सुविधा समेत प्रदान गर्ने निर्णय गरेको छ । भारतमा कोरोना रोगको उपचार गर्न छाडेर झण्डै ७ सय चिकित्सक भागेको समाचार बाहिर आएको भोलिपल्ट सरकारले यस्तो निर्णय गरेको हो । त्यस्तै, अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । कोरोनाको उपचारमाअप्रत्यक्ष रुपमा संलग्न अन्य जनशक्तिलाई २५ प्रतिशत भत्ता दिने निर्णय गरेको बैठकपछि जानकारी दिइयो । बैठकले काठमाडौंमा २२० वटा आईसियु तयार गर्ने निर्णय समेत गरेको छ । जस अनुसार टेकु अस्पतालमा २०, सशस्त्र प्रहरी अस्पतालमा २०, आयुर्वेद्ध अस्पताल कीर्तिपुरमा २०, वीर अस्पतालमा २०, सैनिक अस्पतालमा २० र पाटन अस्पतालमा २० गरी २ सय २० वटा आइसीयु बेड तयार गरिनेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार