free website hit counter

इटलीमा एकै दिन ४ सय ७५ को मृत्यु

beemaadmin
२०७६ चैत्र ६, बिहीबार

एजेन्सी । विश्वलाई नै आतंकित बनाएको कोरोना भाइरसबाट इटलीमा एकै दिन ४ सय ७५ मानिसको ज्यान गएको छ । इटलीमा कोरोना प्रकोप फैलिएपछिको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।बीबीसीका अनुसार, इटलीको लोम्बार्डीमा ३ सय १९ र बाँकी अन्य क्षेत्रका संक्रमितको बुधबार ज्यान गएको गएको हो । लोम्बार्डी इटलीको कोरोनाको इपिसेन्टर मानिन्छ । योसँगै इटलीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ । यो कोरोनाको उद्गम मानिने चीनको भन्दा २ सय ५९ ले मात्रै कम हो । बीबीसीका अनुसार, ३५ हजार ७ सय १३ मानिस संक्रमित छन् । ४ हजारभन्दा बढी व्यक्ति भने उपचारपछि घर फर्किएका छन् ।
स्पेनमा बितेको २४ घण्टामा १ सय ५ जना मानिसको ज्यान गएको छ । योसँगै स्पेनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ३८ पुगेको छ । कोरोनाको प्रकोप फ्रान्समा पनि फैलँदो क्रममा छ । बुधबार मात्रै यहाँ ८९ भन्दा बढी मानिसको ज्यान गएको छ । कुल मृत्युदर २६४ पुगेको फ्रान्समा ९ हजार १ सय ३४ संक्रमित छन् । उता, मध्यपूर्वको देश इरानमा पनि कोरोना टाउको दुखाइको विषय बनेको छ । त्यहाँ बुधबारमात्रै १ सय ७ मानिसको ज्यान गएको छ । कोरोनाबाट बितेको २४ घण्टामा विश्वभर ९ सय ७५ मानिसको ज्यान गएको छ भने २ लाखभन्दा बढी मानिसमा यसको लक्षण देखिएको छ । यीमध्ये ८० प्रतिशत युरोप र पूर्वीय प्रशान्त क्षेत्रका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार