free website hit counter

२ हजार बढी स्वास्थ्यकर्मी नै कोरोनाबाट संक्रमित

beemaadmin
२०७६ चैत्र ७, शुक्रबार

इटाली । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोक सबैभन्दा बढी इटालीमा देखा परेको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले इटालीमा महामारीका रुपमा देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ४ सय २७ जनाले ज्यान गुमाएका छन् । हालसम्म इटालीमा ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ भने ४१ हजार भन्दा बढी संक्रमित भएका छन् । जसमध्य २ हजार ६ सय २९ जना स्वास्थ्यकर्मी रहेको जनाइएको छ । यसरी संक्रमित हुनेमा डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी छन् ।
इटालीमा गत फेब्रुअरीदेखि कोरोना भाइरस देखिएको हो । हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या चीनमा बढी भए पनि ज्यान गुमाउनेको स‌ंख्या इटालीमा धेरै देखिएको छ इटालीमा कोरोना भाइरसका संक्रमित र मृतकको संख्या बढ्दो क्रममा छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १ सय ७६ देशमा पुगेको छ । अहिलेसम्म २ लाख ४५ हजार बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । ति मध्ये ८८ हजार १ सय ५१ जना निको भएका छन । चीनमा ८० हजार ९ सय ६७ जना संक्रमित भएका छन भने ३ हजार २ सय ४८ जनाले ज्यान गुमाएका छन् ।
अहिले चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउने क्रम जारी छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार