free website hit counter

युवा वर्ग पनि उच्च जोखिममा रहेको डब्लूएचओको चेतावनी

beemaadmin
२०७६ चैत्र ८, शनिबार

एजेन्सी। युवाहरुलाई कोरोनाले खासै असर गर्नै भन्ने भ्रमलाई चिर्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युवाहरु पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । डब्लूएचओले जथाभावी हिँडडुल नगर्न र बालबालिका तथा पाका व्यक्तिसँग घुलमिल नगर्न युवाहरुलाई सुझाव दिएको छ । डब्लूएचओका डाइरेक्टर टेडरोज एडहानोम गिब्रियसोसले भनेका छन्, ‘युवाहरुको रोग प्रतिरोधात्मक क्षमता कोरोना भाइरसबाट मुक्त छैन । उनीहरु कसैको मृत्यु र जीवनको कारक बन्न सक्छन् । त्यसैले युवाहरुले बालबालिका, पाका व्यक्ति र कमजोर स्वास्थ्य भएकाहरुसँग दुरी कायम राखुन् ।’
धेरैजसो देशहरुमा कोरोना भाइरसबाट वृद्धवृद्धा धेरै प्रभावित हुन्छन् र युवाहरुलाई कोरोना भाइरस संक्रमणको जोखिम कम हुन्छ भन्ने अफवाह फैलिइरहेको बेला डब्लुएचओले यस्तो चेतावनी दिएको हो । डब्लूएचओको मुख्यालयमा आयोजित अनलाइन प्रेस कन्फ्रेन्समा गिब्रियसोसले भने, ‘कोरोना भाइरसबाट पाका व्यक्तिहरु बढी प्रभावित भएका त छन् नै, तर युवाहरु पनि यसबाट जोगिएका छैनन् ।’
उनले युवाहरुलाई चेतावनी दिँदै भने, ‘तपाईंहरु अजय हुनुहुन्न । कोरोना भाइरसले तपाईंलाई एक हप्तामै अस्पताल पु¥याउनसक्छ या मार्न पनि सक्छ । यदि तपाईं बिरामी हुनु भएन भने पनि कसैको मृत्युको कारण बन्न सक्नु हुन्छ ।’ डब्लुएचओका अनुसार कोरोना भाइरस संक्रमणबाट विश्वभर ११ हजार व्यक्तिको मृत्यु र साढे दुई लाख मानिसमा संक्रमण पुष्टि भइसकेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य घट्यो

beemaadmin
२०८१ मंसिर १३, बिहीबार