free website hit counter

कोरोना रोकथामका लागि अमेरिकी सहयोग प्रस्ताव इरानद्वारा अस्वीकार

beemaadmin
२०७६ चैत्र १०, सोमबार

एजेन्सी । कोरोना विरुद्धको अमेरिकी सहयोग इरानले अस्वीकार गरेको छ । इरानमा कोरोना संक्रमणका कारण मृतकको संख्या बढ्दै गएपछि अमेरिकाले मानवीय सहायता प्रस्ताव गरेको थियो । तर, त्यसलाई इरानले अस्वीकार गरेको बीबीसीले जनाएको छ । हाल इरानको मध्यपूर्वी क्षेत्र कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित छ । सो क्षेत्रमा २१ हजार ६ सय ३८ जना संक्रमित पुष्टि भइसकेको छ भने १ हजार ६८५ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकाको सहयोग प्रस्तावलाई अस्वीकार गर्दै इरानका सर्वोच्च नेता अयतोल्लाह खमेनीले भने, अमेरिकाले कोरोना भाइरसको महामारीको बीचमा मद्दत गर्ने प्रस्ताव धेरै पटक ग¥यो । आफैं अभावमा गुज्रिरहेको अमेरिकाले यस्तो प्रस्ताव गर्नु आफैंमा अचम्म छ । दोस्रो कुरा अमेरिकामाथि यो भाइरस पैदा गरेको पनि आरोप छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार