free website hit counter

इटाली र स्पेनमा एकैदिन १४ सय बढीले ज्यान गुमाए

beemaadmin
२०७६ चैत्र १४, शुक्रबार

एजेन्सी । कोरोना भाइरसको कारण पूरै विश्व आतंकित भएको छ । झन पछि झन मानिसको ज्यान जाने संख्या बढ्दो गतिमा देखिँदा यसले झनै ठूलो आतंक सिर्जना गरिरहेको छ । पछिल्लो २४ घण्टामा इटाली र स्पेनमा १४ सयभन्दा बढी मानिसको ज्यान गएको छ । वर्ल्डओमिटरका अनुसार इटालीमा एकैदिन ७१२ जनाले ज्यान गुमाएका छन् । यससँगै इटालीमा मृत्यु हुनेको संख्या पनि ८ हजार २१५ पुगेको छ । त्यस्तै संक्रमितको संख्या पनि बिहीबार इटालीमा ८ हजारभन्दा बढीले बढेको छ । यससँगै इटालीमा यो भाइरसबाट संक्रमित हुनेको संख्या ८० हजार नाघेको छ । त्यस्तै स्पेनमा पनि बिहीबार एकैदिन ७१८ जनाले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् । यससँगै स्पेनमा पनि ज्यान गुमाउनेको संख्या ४ हजार ३६५ पुगेको छ । बिहीबार स्पेनमा नयाँ संक्रमित पनि ८ हजारभन्दा बढी देखिएका छन् । स्पेनमा समग्र संक्रमितको संख्या पनि ५७ हजार नाघेको छ ।
अन्य यूरोपेली मुलुकमा फ्रान्समा बिहीबार ३६५ जनाले ज्यान गएको छ । फ्रान्समा समग्र संक्रमितको संख्या २९ हजार नाघेको छ । बेलायतमा पनि बिहीबार ११५ जना मानिसले ज्यान गुमाएका छन् । बेलायतमा पनि ११ हजारभन्दा बढी मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । विश्वभर अहिलेसम्म भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख नाघिसकेको छ । मृत्यु हुनेको संख्या पनि २४ हजार नाघेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार