free website hit counter

सबै मेडिकल कलेजहरुलाई कोरोनाको उपचार गर्न निर्देशन (पत्रसहित)

beemaadmin
२०७६ चैत्र १८, मंगलवार

काठमाडौँ । अहिले जेसुके व्यथाले अस्पताल पुगे पनि हत्त न पत्त टेकु रिफर गरी आफू जोखिममा नपरी पन्छिन थालेपछि सरकारले मेडिकल कलेजहरुलाई पनि अनिवार्य रुपमा कोरोनाको उपचार गर्न निर्देशन दिएको छ । सरकारले देशभरका मेडिकल कलेज, शिक्षण अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई पनि अनिवार्य रुपमा कोरोना क्लिनिक सञ्चालन तथा कोरोनाको उपचार गर्न निर्देशन दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेज, शिक्षण अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान, २५ वटा हब अस्पताल, सबै तोकिएका अस्पताल र प्रादेशीक अस्पताल एवम् प्रदेश अन्र्तगर्तका सबै अस्पतालमा अनिवार्य रुपमा कोरोनाको उपचार गर्न निर्देशन दिएको हो । उनीहरुलाई मन्त्रालयले तोकेको प्रोटोकल अनुसार उपचार गर्न पनि भनेको छ । यसअघि कतिपय मेडिकल कलेज र निजी अस्पतालहरुले कोरोनाको उपचार गर्न मानेका थिएनन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार तोकिएका मेडिकल कलेज, अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड क्लिनिकको अतिरिक्त अन्य आकस्मिक उपचार सेवाहरु साविक बमोजिम नै प्रदान गर्न निर्देशन दिएको बताए । साथै मन्त्रालयले त्यस्तो सेवा प्रदान गर्दा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु, बिरामी र बिरामीका आफन्तहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर आवश्यक मिलाउन पनि मन्त्रालयले निर्देशन जारी गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार